पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्नो अफेयर रहेको कुरा स्वीकार गर्दै उनीबिरुद्ध मुद्दा दायर गरेकी छन्। लस एन्जलस काउन्टी सुपिरियर कोर्टमा दायर मुद्दामा उनले सन् २००६ मा लेक ताहो होटलमा ट्रम्पसँग समय विताएको र त्यसक्रममा शारीरिक सम्बन्ध कायम भएको उल्लेख गरेकी छन्।