आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् ।एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भइरहेको देख्दा खुसी लागेको बताएका थिए । फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा यसलाई थप तिब्रता दिनुपर्ने भन्दै उनले सरकार, व्यवसायी सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।एक्स्पो