काठमाडौं : नेकपा (एमाले)मा ७० वर्षे उमेर हद कायमै रहने भएको छ। असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनले पारित गरेपछि एमालेमा ७० वर्षे उमेर हदले निरन्तरता पाउने भएको हो। एमालेले माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा निर्माण गर्दा ७० वर्षे प्रावधान हटाएको थियो। तर, उमेर हद लागु भएपनि १० औँ महाधिवेशनमा त्यसको प्रभाव नपर्ने भएको छ। ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँगै अध्यक्षको दाबेदार मानिएका भीम रावल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवास नेम