निर्वाचन क्षेत्रमा मतदाता फकाउँदै बाराका सांसदहरू

स्थानीय चुनाव सकिएर संघ र प्रदेशको चुनाव आएसँगै बाराका सांसदहरु मतदाता फकाउन लागी परेका छन् । प्रतिनिधि सभा सदस्यतर्फ ४ वटा र प्रदेशतर्फ ८ वटा निर्वाचन क्षेत्र रहेकोमा क्षेत्र नं १ अधिक चर्चाको विषय रहेको छ ।खानेपानी  तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले बाराको निर्वाचन क्षेत्र नं १ को लागि चालु आर्थिक वर्षमा ३२ करोडको खानेपानी योजना ल्याएका छन् । नेपाली काँग्रेसबाट सो क्षेत्रमा संघीय सांसदसमेत रहेका चौधरीले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरेर खानेपानीको योजना ल्याएका हुन् । चौधरीले आ