काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश परिर्वतनका लागि क्रान्ति र शान्ति गर्ने सौभाग्य आफूले पाएका बताएका छन्।सोलुखुम्बुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको बताएका हुन्। उनले भने, ‘माओवादी पार्टी र आन्दोलनले नयाँ विचार जन्मायो। मलाई विद्रोह र क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो। शान्ति सम्झौता गरेर क्रान्तिलाई शान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी दिनुभयो। शान्ति सम्झौतापछि संविधान निर