स्प्राइट योजनाका चार विजेताले पाए बजाज पल्सर

काठमाडौं (अस) । पेय पदार्थ स्प्राइटकोे स्क्रन टाइम प्रमोसनल अभियानअन्तर्गत ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ क्याम्पेन समापन भएको छ । समापन अवसरमा स्प्राइटले चार  भाग्यशाली विजेतालाई एक–एक वटा बजाज पल्सर १२५ सीसी मोटरसाइकल हस्तान्तरण गरेको छ । बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर सुश्री पुनम सिंहले टेकुस्थित बजाज सोरुममा विजेतालाई मोटरसाइकल हस्तान्तरण गरे । त्यसैगरी विराटनगर, चितवन र हेटौंडाका विजेतालाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने कम्पनीले बताएको छ । कार्यक्रमका बाँकी ५ विजेतालाई ४३ इन्चको सामसुङ टिभी र २६३ जना विजेतालाई सामसुङ  मोबाइल प्रदान गरिएको थियो । पर्सा, वीरगञ्ज, धरान, ताप्लेजुङलगायत समग्र नेपालबाट  उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रबाट विजेता छनोट भएकाले अभियान सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ । यो क्याम्पेन सेप्टेम्बर १५, २०२१ देखि नोभेम्बर ४ सम्म सञ्चालन भएको थियो । क्याम्पेनमा युवालाई रिफ्रेस हुन प्रेरित गर्ने उद्देश्यसहित सुरु गरिएको ‘स्प्राइटको क्लियर छ’ हिस्सा मुख्य रहेको थियो ।

सम्बन्धित सामग्री

स्प्राइट पिउने चार जनाले पाए बजाज पल्सर बाइक, २ सय ६३ जनाले जिते सामसङको मोबाइल

काठमाडौं। स्प्राइट पिउने चार जनाले बजाज पल्सर बाइक पाएका छन्। स्प्राइटले ल्याएको चिलिङ स्टार्ट, मोबाइल र स्प्राइटको साथ योजनाका