प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै निर्वाचनको पूर्वतयारीको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तीनवटै तहको चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।
देउवाले संसदमा रहेका सबै दलसँग संवाद गरी संसदको विचाराधीन विषयलाई निष्कर्षमा पुर्याउने बताएका छन् ।