टोकियो ओलम्पिकः दक्षिण कोरियाकी आन सानले जितिन् तीन स्वर्ण

एजेन्सी। आन सान दक्षिण कोरियाबाट ग्रीष्मकालीन ओलम्पिकमा तीन स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन्। सानले आर्चरीको महिला एकल, महिला टिम र मिक्स टिममा स्वर्ण पदक जितेकी थिइन्। उनले आज महिला एकलमा रुसकी एलिना ओसिपोरालाई ६–५ ले हराउँदै स्वर्ण पदक जितेकी हुन्। यस स्पर्धामा दक्षिण कोरियाले पछिल्लो दशमध्ये ९ ओलम्पिकमा स्वर्ण पदक जितेको छ। इटालीले लुसिला बोएरीले कास्य पदक जितिन्।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः ६० देशले जिते २४४ वटा स्वर्ण पदक

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को १३औं दिनसम्म आइपुग्दा विश्वका ६० देशले एक वा एकभन्दा बढी स्वर्ण पदक जित्न सफल भएका छन्।हालसम्म २४४ स्वर्ण पदकको टुङ्गो लागिसक्दा सबैभन्दा बढी चीनले ३२ वटा जितेको छ। यस्तै, अमेरिकाले २५, जापानले २१, बेलायतले १५,अष्ट्रेलियाले १५, रुसी खेलाडीले १४, जर्मनीले ९ र फ्रान्स, इटाली, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजल्याण्डले ६–६ वटा स्वर्ण हात पारेका छन्।

टोकियो ओलम्पिकः ५७ देशले जिते २२५ स्वर्ण

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा हालसम्म २२५ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आयोजकका अनुसार ५७ देशले एक वा एकभन्दा बढी स्वर्ण हात पारेका छन्।हालसम्म सबैभन्दा बढी चीनले ३२ वटा स्वर्ण पदक जितेको छ। अमेरिकाले २४, जापानले १९, अष्ट्रेलियाले १४, रुसी खेलाडीले १३, बेलायतले १३, जर्मनीले ८, फ्रान्स, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजिल्याण्डले ६–६ र इटालीले ५ वटा स्वर्ण जितेका छन्।