अवैधरुपमा काठ बिक्री गर्ने वन समुहका उपाध्यक्षसहित तीन पक्राउ

इलाम : जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी–१० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारी पक्राउ परेका छन्। सव डिभिजन कार्यालय चुलाचुली इलामबाट खटिएको टोलीले गैडे सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राम लावती, सचिव कुमारी फागो योङया र कोषाध्यक्ष रविन न्यौपानेलाई  पक्राउ गरेको हो।पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय चुलाचुली इलाममा अनुसन्धानका लागि राखिएको कार्यालय प्रमुख सत्यराम प्रजापतिले बता

सम्बन्धित सामग्री

आदेश नदिएको काठ बिक्री, वन उपभोक्ता समूहका पदाधिकारी पक्राउ

जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी–१० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारी पक्राउ परेका छन् । सेक्टर वन कार्यालय चुलाचुली इलामबाट खटिएको टोलीले गैडे सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राम लावती, सचिव कुमारी फागो योङया र कोषाध्यक्ष रविन न्यौपानेलाई बिहीबार पक्राउ गरेको हो । […]

वन फँडानी गरेको आरोपमा तीनजना पक्राउ

उदयपुर प्रहरीले वन फँडानी गरेको आरोपमा तीन युवालाई पक्राउ गरेको छ। जिल्लाभित्रका प्राकृतिक स्रोतसाधनको उत्खनन तथा चोरी निकासी र बिक्री वितरण गर्नमा रोक लगाउने अभियान अन्तरगत जिल्लाभरी सतर्कता अपनाउने क्रममा बेलका नगरपालिकामा अवैध काठ काटिरहेको भेटिएका स्थानीय ३ युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।