काठमाडौँमा बालेनको फराकिलो अग्रता कायमै, सिर्जनाले केशवलाई ८१३ मतले पछि पारिन्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार बालेन ४४ हजार १ सय ८३ मतसहित अग्रता फराकिलो पारेका छन्। दोस्रो स्थानमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २५ हजार ८ सय ३५ मत पाएकी छन्। बालेनले सिर्जनाको भन्दा १८ हजार ३ सय ४८ […]

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा धनराज गुरुङ १३ सय मतले अगाडि

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन्।

सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतको अग्रता कायमै

सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतले फराकिलो अग्रता पारेका छन्। उनले निर्वतमान सांसद पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई एघार हजार भन्दा बढी मतले पछि पारेका छन्।

चितवन- २ मा रवि लामिछानेको फराकिलो अग्रता कायमै

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको फराकिलो अग्रता कायमै छ । उनले २२ हजार १०१ मत पाउँदा एमालेका कृष्ण भक्त पोखरेल ९ हजार ४१२ पाएका छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत प्राप्त गरेका छन् ।

झापा-१ मा कांग्रेस महामन्त्री शर्माको फराकिलो अग्रता कायमै

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको क्षेत्र नं १ मा फराकिलो अग्रता कायमै राखेका छन् । ७० हजार ३४१ मत गन्दा सत्ता गठबन्धनकाे साथ पाएका उनले ३४ हजार ५०८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले २१ हजार ८२८ मत पाएका छन् । शर्मा र […]

सिके राउतको फराकिलो अग्रता कायमै

काठमाडौं– सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उममेदवार सिके राउतले १९ हजार १ सय २० मत पाएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत […]

गोरखा–१ मा राजेन्द्र बजगाईँको १४०० को फराकिलो अग्रता

काठमाडौं, ६ मंसिर । गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बजगाईंले अग्रता कायमै राखेका छन् । उनले १८२१ मत पाएका छन् । नेकपा (एमाले) का उमेदवार रामशरण बस्नेतले ४१९ मत ल्याएका छन् । बजगाईँले बस्नेतसँग १४०२ को मतान्तर बनाएका छन् । गोरखा-२ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अग्रता छ […]

बालेनको फराकिलो अग्रता कायमै, केशव स्थापित तेस्रो

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनको फराकिलो अग्रता कायमै छ ।

काठमाडौं महानगरमा वालेनको फराकिलो अग्रता कायमै

काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता कायमै राखेका छन् ।बिहीबार ७ बजेसम्मको गणनामा वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहले १२०९३ मत ल्याएकी छन् । अहिलेसम्म काठमाडौं महानगरपालिकामा ६१३१५ मतगणना भैसकेको छ ।

बालेनको फराकिलो अग्रता कायमै, अरु कसले कति मत ल्याए ?

काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार ४६ हजार ६५७ मतगणना हुँदा  साहले १८ हजार ३७ मत ल्याएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ हजार ४०७  मत ल्याएका छन् भने नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ८ हजार ५१३ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

विराटनगरमा गठबन्धनको फराकिलो अग्रता कायमै

विराटनगर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नागेश कोइरालाले फराकिलो मतान्तर बनाइरहेका छन् । पछिल्लो मत परिणामअनुसार २८०८९ मतगणना हुँदा कोइरालाले हालसम्ममा ९ हजार मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ६ हजार ६६७ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८२५ मत ल्याएका छन् भने प्रल्हाद साहले १८८८ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले ७ हजार ६४६ मत ल्याउँदा गठबन्धनबाट जसपाका