प्रधानमन्त्री देउवाले आज कोप–२६ सम्मेलनलाई सम्बोधन गर्ने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औं सम्मेलन कोप–२६ मा सम्बोधन गर्दै हुनुहुन्छ । सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति ग्लास्गो पुगिसक्नु भएको छ । उहाँले आज दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भइ सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ । भ्रमणका दौरान उहाँले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेट...