आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगको सात बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको छ । आयोगले निर्वाचनमा लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी प्रचार गर्ने, घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिड्ने, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा र भेला आयोगना गर्ने गरेको भन्दै त्यसबारे सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको हो ।