‘नक्कली’ प्रियानालाई फकाउने अमनको दाउ

  गायक अमन प्रधानले मोडल प्रियाना आचार्यलाई फकाउने दाउ गरेका छन् । ‘नक्कली’ बोलको गीतको म्युजिक भिडियोमा अमन प्रियानाको पछि लागेको देख्न सकिन्छ । अमनको स्वर, अबुन पाण्डेको शब्द रहेको गीतमा टिका दाहालको संगीत छ । बुद्ध थापाले छायांकन गरेको भिडियोमा विकास धमलाको सम्पादन छ । यो भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।