सार्वजनिक–निजी साझेदारीबारे प्रशिक्षण

काठमाडौं । लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी)को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम सोमवारदेखि काठमाडौंमा प्रारम्भ भएको छ । प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी बोर्डको कार्यालयले बताएको छ । उक्त प्रशिक्षण कार्यक्रममा कर्मचारी र परामर्शदातालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुने परियोजनाबारे विस्तृत जानकारी गराउने उद्देश्य रहेको बोर्डले बताएको छ । ‘बोर्डले सार्वजनिक–निजी साझेदारीका परियोजना तयारी, विकासकर्ता छनोट तथा परियोजना व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ । यसले पीपीपीका नवीनतम अवधारणासहितका परियोजना कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ लगानी बोर्डद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पीपीपी परियोजना कार्यान्वयनका लागि लगानी बोर्डको कार्यालय विशिष्टीकृत निकाय भएकाले कर्मचारीका लागि यस्तो प्रशिक्षण आवश्यक रहेको बताए । ‘पीपीपी अवधारणाका परियोजना सफलतापूर्वक अघि बढाउन परियोजनाको तयारी, जोखिम न्यूनीकरण, खरीद प्रक्रिया एवं कार्यान्वयन तथा सञ्चालनका सम्पूर्ण चक्रमा दक्षता र विशेषज्ञता आवश्यक पर्छ,’ उनले भने । परियोजना विकासमा पीपीपी अवधारणा आफैमा जटिल विषय रहेको चर्चा गर्दै प्रमुख कार्यकारी अधिकृत भट्टले यसका लागि सबल जनशक्ति आवश्यक रहेको उल्लेख गरे । पीपीपी सर्टिफिकेसन कार्यक्रममा आधारभूत, तयारी र कार्यान्वयन गरी तीन चरण समावेश छन् । अहिले आयोजना भइरहेको कार्यक्रम आधारभूत चरणअन्तर्गतको हो ।

सम्बन्धित सामग्री

हुम्ला कांग्रेसले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने

सिमकोट – नेपाली कांग्रेस हुम्लाले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। तीनै तहको निर्वाचनपछि कांग्रेस हुम्लाले बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो। कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले भदौ २१ गते जिल्लामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको बताए। संगठन सुदृढीकरण गर्नका लागि कांग्रेसले प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम भदौ २१ […]

हानचाउ एशियाडको तयारी प्रशिक्षण वैशाखदेखि

काठमाडौँ : चीनको हानचाउमा हुने १९ औं एशियाली खेलकुदको तयारी प्रशिक्षण वैशाख ११ गतेदेखि शुरु हुने भएको छ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराए। पहिलो चरणको प्रशिक्षण वैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ। त्यसमा ४२५ खेलाडी सहभागी हुनेछन्।२९५ खेलाडी सहभागी हुने दोस्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ। अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम चरणमा खेलाडी संख्या १६८ कायम हुनेछ।प्रशिक्षण

प्रशिक्षण लिँदै नयाँ सांसद

संसदीय कामकारबाही, अभ्यास, मूल्यमान्यता, मर्यादा र भूमिकाबारे प्रशिक्षण लिँदै छन् नयाँ सांसद    संघीय संसद्मा पहिलोपटक आएका सांसदलाई दलहरूले संसदीय कामकारबाही र भूमिकाबारे प्रशिक्षण दिन थालेका छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि बस्न...

एमालेले थाल्यो कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमाले केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि पार्टी कार्यालयमा पार्टी स्कुल (विषयगत प्रशिक्षण) दिन थालेको छ। एमाले जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू पहिलो चरणमा स्कूलमा सहभागी गराएको हो। उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले सहभागीहरूलाई प्रशिक्षण दिएका छन्। जनसंगठनबाट शुरू गरिएको प्रशिक्षण  तीन दिने प्रमुख ज्ञवालीले बताए। भदौ भरमा सात आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उनको

सुर्खेतमा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम, शंकर पोखरले प्रशिक्षण दिने

नेकपा एमालेले सुर्खेतमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ । जिल्ला कमिटी सुर्खेतको आयोजनामा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । प्रशिक्षण कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल सुर्खेत आइपुगेका छन् । यस्तै एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका प्रदेश स्तरका नेताहरु पनि कार्यक्रममा सहभागि रहनेछन् ।एमालेले पछिल्लो समय निर्वाचन लक्षित प्रशिक्षणलाई तीब्रता दिएको छ ।

बन्द प्रशिक्षण बुधबारदेखि

चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणको बन्द प्रशिक्षण बुधबारबाट सुरु गर्ने भएको छ।...

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरू

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण मंगलवार सुरू भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरू भएको हो ।

हुम्लामा फुटबल प्रशिक्षण सुरु

सिमकोट– कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ। सम्भावना भएका खेलाडीका लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो। सिमकोटस्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ६ देखि १३ वर्ष र १३ वर्षदेखि माथिको उमेर समूह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य बुद्धि रोकायाले बताए। दुई घण्टासम्म […]

क्रिकेटको बन्द प्रशिक्षण शुरु

काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहेका छन्। सोका लागि उनी गत साता श्रीलंकाबाट काठमाडौँ आएका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि […]