चुनावको मुखमा भारत जानेको लर्को, भन्छन्- हाम्रो परिवार कसले पाल्दिन्छ ?

‘घरघरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्दै थिए,’  रावलले भने, ‘हाम्रो परिवार कसले पाल्छ भन्दा कसैले भरोसा दिन सकेनन्, जनताको गाँसबासको सुनिश्चितता गर्न नसक्ने उम्मेदवारलाई भोट दिनुको औचित्य नै देखिएन । यो चुनाव नेता र आसेपासेका लागि मात्रै आएको हो ।’