देखापढी विजिनेश न्यूज

काठमाडौं। वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिँदैछ। मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले निःशुल्क डाटा पाउनेबारे नेपाल बैंक र एनसेलले सम्झौता गरेका छन्। नबिल बैंकको ‘नबिल सामाजिक उद्यमशीलता’का लागि आवेदन खुला भएको छ। चिलिमे जलविद्युतले सेती नदी–३ आयोजना निर्माण गर्ने भएको छ। आइक्यान अवार्डबाट बुटवल पावर कम्पनी सम्मानित भएको छ। सेयर बजार परिसूचक नेप्से २३.८३ अंकले बढ्यो।