रुपन्देही २ बाट एमाले उम्‍मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित

बुटवल– रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी उम्‍मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन्। विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका छन्। सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका […]

सम्बन्धित सामग्री

पूर्व उपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए ?

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्व उपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भए भने छ जना पराजित भएका छन् ।  यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्व उपप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल (तनहुँ) र प्रकाशमान सिंह (काठमाडौँ), नेकपा (एमाले) का विष्णुप्रसाद पौडेल (रुपन्देही), रघुवीर महासेठ (धनुषा) र टोपबहादुर रायमाझी (अर्घाखाँची) तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी (बाग्लुङ) बाट निर्वाचित भए ।पूर्व उपप्रधानमन्त्रीहरू कांग

रुपन्देही–२ मा एमालेका विष्णु पौडेल विजयी

रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गर्नुभएको हो । अन्तिम मत परीणामअनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ […]

एमाले उपाध्यक्ष पौडेल रुपन्देही-२ बाट सिफारिस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ । एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्व उपप्रधान एवं अर्थमन्त्री पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ ।

सात प्रदेशमा प्रशिक्षणका लागि खटिए एमाले नेताहरु, को कता ?

नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ । एमालेको आज सम्पन्न सचिवालय बैठकले प्रशिक्षणका लागि प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बाग्मती प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, कर्णाली प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सुदूरपश्चिम प्रदेशमा

स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने : नेकपा(एमाले) विष्णुप्रसाद पौडेल

The post स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने : नेकपा(एमाले) विष्णुप्रसाद पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

१० बुँदे कार्यान्वयनमा ओलीको आनाकानी, तेस्रो धारका नेता अलमलमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए । उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण थियो, सुदूरपश्चिम प्रदेश इन्चार्जसम्बन्धी विवाद निरुपण गर्नू । सो प्रदेशको पार्टी इन्चार्जमा उपाध्यक्ष रावल र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका लेखराज भट्ट दुवैको दाबी...

एमाले कार्यदलको बैठक सुरु

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरू भएकाे छ।सिंहदरबारमा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरू भएकाे हाे। ६ बजेका लागि बाेलाइएकाे भए पनि अनौपचारिक छलफलको कारणले केही ढिला बैठक सुरू भएकाे कार्यदलमा संस्थापन पक्षबाट नेतृत्व गरेका सुवास नेम्वाङले बताए।कार्यदलमा ओली तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन्। नेता नेपालकोे तर्फबाट भीम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल

‘कलम’ले बालुवाटारमा ल्याएको कम्पन

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपा एमाले नेताहरूको दौडधुप चार दिनयता तीव्र छ । विशेषगरी एमालेकै अर्को पक्ष माधवकुमार नेपाल समूहसँग सहमति जुटाउन विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाललगायत सक्रिय छन् । एमाले पुनर्मिलनको अवसर बन्ने आशमा नेपाल समूहबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे ओलीतर्फका नेताहरूसँग वार्तामा […]

एमाले स्थायी कमिटीबाट नेपाल–खनाल हटाइए

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी गठन भएको छ । स्थायी कमिटीमा वामदेव गौतमलाई राखिएको छ भने माधव नेपाल र झलनाथ खनाललाई हटाइएको छ। अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको कमिटीमा वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, छबिलाल विश्वकर्म, पृथ्वी सुब्बा गुरुङ र रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन्।