नरैनापुर गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बेमौसमी वर्षाका कारण गत वर्ष खेतमै धान कुहिएर नष्ट भएको र यस वर्ष समयमा पानी नपर्दा धान रोप्न नपाएपछि भोकमरी सिर्जना हुन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।