सरकारको साझा कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न पीआईबीको आग्रह

काठमाण्डाै - अमेरिकामा रहेको गैरसरकारी संस्था पीस इनिसिएटिभ भुटान (पीआईबी)ले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर पीआईबीले भुटान सरकारसँग कुटनीतिक संवाद गर्न र लामो समयदेखि रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि सक्रिय पहल गर्न आग्रह गरेको हो । राज्यविहीन अवस्थामा शरणार्थी शिविरमा कुनै पनि व्यक्तिलाई नछोड्न तथा आफूहरु नेपाल र भुटान सरकार...