अक्सिजन सिडिन्डरको हाहाकार भइरहेको बेला अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरिएको छ । नेपालमा पहिलोपटक अक्सिजन सिलिन्डर उत्पादन गरिएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकहरुले स्टिलको सिलिन्डर तयार गरेका हुन् । अक्सिजन ग्यास सिलिन्डरको मङ्गलबार परीक्षण गरिएको छ । ग्यास सिलिन्डरमा ग्यासको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दवाव २३५ बारसम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइप फुट्न पुगेको थियो । सिलिन्डरमा ग्यासको दवावको एकाइ बार हो ।