टी–२० शतकमा भारतका कोहलीलाई पाकिस्तानका बाबरले उछिने

टी–२० विश्वकप १७ अक्टुबरदेखि सुरु हुँदैछ । यस्तोमा आईपिएललाई यस विश्वकपको तयारीका रुपमा पनि हेरिएको छ । तर, भारतीय कप्तान विराट कोहलीले जारी सिजनमा अहिलेसम्म शतक लगाउन सकेका छैनन् । भारतले टी–२० विश्वकपमा २४ अक्टुबरमा पाकिस्तानको सामना गर्दैछ । यता, पाकिस्तानका कप्तान बाबर आजम भने निकै फर्ममा छन् । उनले पाकिस्तानको नेशनल टी–२० लिगमा शतक प्रहार गरेका छन् । उक्त लिगमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान आजम नै हुन् । यस शतकसँगै आजमले कोहलीलाई टी–२० शतकमा उछिनेका छन् ।