एक घर, एक करेसाबारी

मर्स्याङ्दी गाउँपालिका–७ उस्ताकी मैंखु गुरुङको भान्सामा एक वर्षअघिसम्म जिल्ला बाहिरबाट ल्याइएका तरकारी पाक्ने गर्थ्यो । अहिले भने उनी उस्ताबेंसीमै फलेको ताजा तरकारी पकाउँछिन् । मैंखुमात्रै होइनन्, हरेक गाउँलेको भान्सामा अचेल आफ्नै गाउँमा उत्पादित तरकारी पाक्ने गरेको छ ।