सांसद विमला विश्वकर्माले सरकार हात्ती आतंक नियन्त्रणमा गम्भीर नभएको आरोप लगाएकी छिन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले झापामा भइरहेको हात्ती आतंक रोक्न सरकार गम्भिर नभएको आरोप लगाएकी हुन् ।‘झापा क्षेत्र नम्बर २ मा हात्ति आतंक छ । हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोषले डीपीआर तयार गर्ने योजनाका साथ सोलार फेन्सिङको योजना वन तथा वातावरण मन्त्रालयमा पेस गरियो,’ उनले भनिन्, ‘तर, सरकारले सुनुवाई गरेन । यो योजना नै हरायो ।’हात्ती प्रभावित क्षेत्रका जनताक