गोर्खा सैनिकले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा बेलायतले नेपाललाई प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई कोरोनाविरुद्धको खोप सहयोग गर्न आग्रह गर्नु भएको छ । नेपाललाई  खोप अत्यावश्यक भएको भन्दै प्रधानमन्त्री ओलीले बेलायतका समकक्षी बोरिस जोनसनलाई खोप सहयोग गर्न आग्रह गर्नु भएको हो । प्रधानमन्त्री ओलीले बीबीसीका दक्षिण एसिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा सहयोग गर्नु बेलायतको दायित्व हुने बताउनु भएको छ । उहाँले बेलायतका लागि नेपाली गोर्खा सैनिकले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल प्राथमिकतामा पर्ने बताउनुभयो । ...

सम्बन्धित सामग्री