के हो राष्ट्रपतिद्वारा जारी भएको बेपत्ता छानबिन आयोगको म्याद थपसम्बन्धी अध्यादेश ?

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थप गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा १४४(१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् । आयोगका सदस्य सुनिल रञ्जन सिंहका अनुसार आयोगको म्याद यही माघ २५ गते समाप्त हुँदै थियो । 'आयोगले गर्नुपर्ने कतिपय काम बाँकी नै रहेकाले आयोगको म्याद थप गर्नका लागि अध्यादेश जारी भएको हो,' अधिवक्ता समेत रहेका आयोगका सदस्य सिंहले लोकान्तरसँग भने, 'अब आयोगको म्याद कहिलेसम्म थ...