काठमाडौं, १३ चैत । मिटर ब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले आफूहरु सीधै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्ने पक्षमा रहेको बताएका छन् । ‘हामी चैत २ गतेदेखि ११ दिन हिँडेर हिजो दिउँसो तीन बजे काठमाडौंको मातातीर्थमा आइपुग्यौं । साँझतिर गृहमन्त्रालयबाट फोन आयो । हाम्रो के कस्तो अवस्था छ भनेर बुझ्न भनेर आउनुभएको थियो । […]