मनास्लु हिमपहिरोमा परेका १ जनाको मृत्यु, १० जनाको उद्दार

गोरखाको मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ । सोमबार हिमपहिरोमा परेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । मृतक पुरुष हुन्, उनको पहिचान खुलेको छैन ।चुनमुब्री गाउँपालिका–१ स्थित मनास्लुमा हिमपहिरो जाँदा घाइते भएका १० जनाको उद्दार गरिएको छ । हेलिकप्टरबाट ७ जनालाई उद्दार गरेर काठमाडौंमा पठाइएको एसपी खनालले जानकारी दिए । सोमबार काठमाडौं ल्याइएका दोलखाका ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा घर भएका २० वर्षीय सुकु बहादुर तामाङ लाई