बर्दिया प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ८ का गोविन्द थारु र मधुवन नगरपालिका २ का किशोर दर्लामी रहेका छन् । आइतबार पक्राउ परेका थारु र दर्लामीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो । थारूलाई बर्दिया जिल्ला अदालतले २०७६ माघ २४ गते लेनदेन मुद्दामा १ वर्ष ६ महिना २६ दिनको कैद सजाय तोकेको थियो ।अदालतको फैसलालगत्तै उनी फरार रहेका थिए । दर्लामीलाई भने अदालतले २०७८ वैशाख २८ गते बहुविवाह मुद्दामा १० महिना २९ दिनको कैद सजाय र १० हजार जरिवाना तोकेको