युक्रेन तनाव : रुसले आक्रमण गरे पुटिनले कडा प्रतिबन्ध भोग्नुपर्ने बाइडेनको चेतावनी

युक्रेन तनावलाई लिएर रुसमाथि कडा प्रतिबन्ध लगाउन सकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।