सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार पक्राउ

सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उदयपुर घर भई बसुन्धारा बस्ने राजु पौडेललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।अदालतले उनलाई  ११ महिना ८ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । फैसला कार्यान्वयनका लागी उनलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइने एसपी बस्नेतले बताए । ४० वर्षका पौडेल अदालतको फैसलापछि फरार थिए ।