इथियोपियाको टिग्रे क्षेत्रमा चलेको पछिल्लो लडाइँले सिर्जित भोकमरीको मारमा ४ लाखभन्दा धेरै जनसंख्या परेको संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् । यस संकटबारे बसेको राष्ट्रसंघ सुरक्षा परिषद्को पहिलो बैठकपछि सदस्य राष्ट्रहरुले ३३ हजार बालबालिका कुपोषणको शिकार भएको बताएका छन् । थप १८ लाख जनसंख्या भोकमरीको संघारमा पुगेको पनि अधिकारीहरुले जनाएका छन् । टिग्रे क्षेत्रमा आठ महिनादेखि लडाँइ चलिरहेको छ । युद्धविराम घोषणा भएको भएपनि यहाँ थप द्वन्द्व निम्तन सक्ने चेतावनी पनि राष्ट्रसंघ