आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आइतबारयता सत्ता गठबन्धनको बैठक बस्नै सकेको छैन । जसले गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छ । आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँट गर्दै मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको थियो ।बैठक बस्न नसक्नुको कारणबारे गठबन्धनकै नेताहरु नाजवाफ छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएको कारण देखाउँदै बैठक सारिरहेका छन् ।आइतबारको बैठकमा देउवाले मंगलबारभित