दाङ : दाङ, अर्घाखाँची र कपिलवस्तुको केन्द्रविन्दुमा रहेको धानखोलास्थित पर्यटकीय सम्भावना बोकेको गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।लुम्बिनी प्रदेशको राजधानी भालुबाङ बजारदेखि करिब १५ किलोमिटरको दूरीमा पर्ने गुप्तेश्वर महादेव गुफा पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थल हो।लुम्बिनी प्रदेशको ३ जिल्ला दाङ, कपिलवस्तु र अर्घाखाँचीको केन्द्र विन्दु अर्थात सिमानामा पर्ने उक्त गुफाभित्र विभिन्न देवीदेवताहरूका आकृति देख्न सकिन्छ। पूर्वपश्चिम राजमार्गको धानखोला बजारनजिकै पर्न