संसदमा फेरि उठाए भीम रावलले एसपीपी मुद्दा, अमेरिकालाई पत्राचारका लागि रुलिङ गर्न माग

नेकपा एमालेका सांसद भीमबहादुर रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपीपीमा सहभागी नहुने सम्बन्धी पत्राचारका लागि सरकारलाई रुलिङ गर्न माग गरेका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले सरकारले निर्णय गरेको ३३ दिन बितिसक्दा पनि अमेरिकालाई किन पत्र नपाएको भन्दै प्रश्न गरे । उनले मन्त्रिपरिषदले निर्णय गरेपनि परराष्ट्रमन्त्रीले पत्र नपठाएको हो कि भन्ने शंका लागेको उल्लेख गरे । सांसद रावलले नेपाल सरकारको निर्णय बमोजिम एसपीपीमा सामेल हुन नसक्ने पत्र पठाउन र संसदलाई त्यसबारे

सम्बन्धित सामग्री

संसदमा रुलिङको माग

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद भीम रावलले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गरेका छन् । उनले पटकपटक यही कुरा दोहोर्याउँदै २० मिनेट जति रोष्ट्रम छाडेनन् । ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गनै स्वीकृतिदिने सम्बन्धी सम्झौताको प्रावधानमाथि छलफलका क्रममा आफ्ना भनाइ […]

संसदमा रोष्ट्रम ‘कब्जा’को दुर्लभ दृश्य

एसपीपीमा सहभागी नहुने निर्णय अनुसार अमेरिकालाई पत्र नपठाएको भन्दै सांसद भीम रावलले सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष आग्रह गरे । सभामुखले उनले मन्त्रीलाई जवाफ दिन लगाउने बताए । तर २० मिनेटसम्म रावल रोष्ट्रममा उभिइरहेपछि सभामुखले बैठक नै स्थगित गरिदिए ।