संघीय संसदको राष्ट्रिय सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्ना धारणाहरू प्रस्तुत गरेका हुन् । छलफलमा बोल्दै संयुक्त संशोधनकर्ता भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको भन्दा कमजोर नीति तथा कार्यक्रम ल्याएको बताए । उनले नीति तथा कार्यक्रमको बुँदा १३५ मा राखिएको वस्तुगत आधार भनेको सबै जनताले नेपाली काँग्रेस, नेकपा (माओवादी