पटक–पटक सांसद भएर पनि रामसहायप्रसाद यादव मन्त्री बन्न पाएका थिएनन् । मधेश केन्द्रित राजनीतिमा लागेर कुनै दलको पदाधिकारी भएकामध्ये मन्त्री बन्ने अवसर नपाउने अपवाद थिए रामसहाय यादव ।
असोज २२ गते भएको मन्त्रिपरिषद् विस्तारमा यादवले पहिलो पटक मन्त्री बन्ने सौभाग्य पाए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महासचिव समेत रहेका यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए ।
मन्त्री बनेको १ हप्तापछि बिहीवार मन्त्री यादव बारा जिल्लामा रहेको आफ्नो जन्म घरमा पुगे । प्रायः राजनीतिक दलका नेताका परिवार नेतास...