कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा माघी मनाउने अचम्मका चलन प्रचलनमा छन् । कतै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कत्तै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ । विभिन्न जाति अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकार बताउँछन् । जाजरकोट, रुकुम पश्चिम, सल्यानमा सिस्नु हानाहान गरेर माघी मनाइन्छ । मामाकी छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, […]
जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाउन सुरू भएको छ। जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ। मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ। सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन्। आजको दिन सिस्नुले नहानेमा सुँगुरको जुनी…