काठमाण्डाै - निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।
राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा प्रकाशित हुनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । निर्वाचन परिणामअनुसार एउटै दलको बहुमत नभएकाले उपधारा (२) अनुसार मन्त्रिपरिषद् ...