एमालेबाट छुट्टिएर माधव नेपालले बनाएको नेकपा (एकीकृत समाजवादी)को ‘शक्ति’ र आधार कमजोर छ भन्नेहरूलाई उक्त पार्टीका अध्यक्ष माधव नेपालले सार्वजनिक रूपमा प्रतिवाद गर्न थालेका छन् । भदौ १२ मा पेशागत महासंघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपालले पार्टीमा विद्रोह गर्नेहरूले नै ठूलो पार्टी बनाएको भन्दै आफ्नो पार्टीको शक्ति कमजोर नरहेको प्रमाणित गर्ने प्रयास गरे ।
उनले भनेका थिए, ‘कहिलेकाहीँ दक्षिणपन्थीले पार्टी कब्जा गर्छन् । कार्ल मार्क्सले पनि पहिलो अन्तर्राष्ट्रिय दक्षिणपन्थीले कब्जा गरेपछि भंग गरे । दोस्...