नेपालले टस जित्यो : जिम्बाब्वे ‘ए’ ले पहिला ब्याटिङ गर्दै

काठमाण्डाै -  नेपालले जिम्बाब्वे ‘ए’ सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेको छ । कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेपछि जिम्बाब्वे ‘ए’ टोलीले ब्याटिङ गर्दैछ । नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र आदिल अन्सारीलाई बेन्चमा राखिएको छ भने सुनिल धमला र विनोद भण्डारीलाई आजको खेलमा मौका दिइएको छ। हिजो भएको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । जिम्बाब्वेले आज पनि जितेमा तीन एक दिवसीयको श्रृङ्खला जित्नेछ । यसअघि भए...