बागलुङ – बागलुङ बजारमा जनघनत्वसँगै बस्ती विकास तीव्ररूपमा बढ्दै जाँदा खाली जग्गा पाउन मुस्किल हुन थालेको छ ।
पछिल्लो समय स्थानीय तहले सञ्चालन गर्दै आएको ‘एक वडा, एक हेलिप्याड’ले समेत सार्थकता पाउन सकेको छैन । सार्वजनिक स्थान अभावमा थोरै मात्र वडामा हेलिप्याड निर्माण भएका छन् । हेलिप्याड नहुँदा उद्धारमा कठिनाइ भइरहेको बजारवासी बताउँछन् ।
कोरोना महामारीमा यसको अभाव झनै खट्किएको छ । जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको बाहेक अन्य हेलिप्याड नहुँदा कोरोना सङ्क्रमितका उद्धारमा धौलागिरि क्याम्...