गाडी किन्नेलाई बैंकको ऋण सीमा बढाइदिन अर्थमन्त्रीलाई नाडाको आग्रह

नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको एक  प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरी गाडी किन्नेलाई ऋणको सीमा बढाइदिन आग्रह गरेको छ । राष्ट्र बैंकले पेट्रोलियम सवारीसाधनका लागि बैंकले दिन पाउने ऋणको सीमा अधिकतम मूल्यको ५० प्रतिशत तोकेको छ ।