स्वास्थ्य बिमा कार्ड दूरुपयोग गरी रकम असुल्दै औषधि पसल

न्युज अफ नेपाल, भद्रपुर । झापाको एउटा औषधि पसलले एउटाको विमा कार्डबाट दोस्रो व्यत्ति लाइ उपचार गराउँदै रकम असुल्ने गरेको पाइएको छ । उपचारका लागि मेची अञ्चल अस्पताल पुगेकी भद्रपुर ८ की २२ वर्षिया गर्भवती महिला ममता विक खडकालाइ अस्पताल परिसरमा सञ्चालित शुष्मा मेडिकल हलले उपचार गराएवापत रकम असुल गरेको पीडित महिलाको आरोप छ । […]