बागलुङ : जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर भन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ। पुरुष ५० र महिला २० जना गरी ७० जनाको क्षमता रहेको कारागारमा हाल १७६ कैदीबन्दी छन्। कारागारमा पुरुष १६६ र महिला १० जना छन्। एक जना ६४ वर्ष उमेरका छन्। महिला कैदीबन्दीसँग हाल तीन जना नाबालकसमेत छन्। कारागारमा हाल ८१ कैदी र ९५ थुनुवा छन्। कैदीतर्फ ७७ पुरुष र तीन महिला छन् भने थुनुवातर्फ ८७ पुरुष र सात महिला छन्। कारागारमा ठाउँ अभाव हुँदा महिला भन्दा पुरुष कैदी बन्दीलाई समस्या भएको छ। ठाउँ अभा