प्राविधिक शिक्षामा कर्णालीका छोरी–बुहारीको पहुँच बढाउन प्रदेश सरकारले चालू शैक्षिक–सत्रमा थप एक सय जनालाई छात्रृृत्ति प्रदान गर्ने भएको छ। नर्सिङ, एचए, फार्मेसी, कवीराज, ल्याव टेक्निसियन, रेडियोलोजिस्ट, बाली विज्ञान, बागवानी, पशु विज्ञान, वन विज्ञान, इन्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्नका लागि प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने छ। प्रदेश सरकारले अघिल्लो शैक्षिक–सत्रमा एक सय ५० छोरी–बुहारीलाई छात्रवृत्ति दिएर पढाइरहेको छ।