जघन्य अपराधबारे कानुन तर्जुमा गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुन नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
६ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरीलाई प्रविधिले सम्पन्न बनाउनैपर्ने उनले बताए । आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा […]
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले लागूपदार्थको दुर्व्यसनबाट नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा गृहमन्त्रीले लागु पदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताए । अहिले लागूपदार्थसँग सम्बन्धित अपराधमा दोषी देखिएका ६ हजार बढी बन्दी कारागारमा रहेका र मुलुकभर […]
कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँणले शान्तिपूर्ण रूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । पार्टीको शिवराज नगरपालिका समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनको सिङ्गो देश अब निर्वाचनतर्फ केन्द्रित हुने र निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध तय गरिएको स्पष्ट पारे । गृहमन्त्री खाँणले निर्वाचनमा पार्टी नेता कार्यकर्ता र मतदाताले रुचाउने […]
गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो पीडितलाई थप राहत दिलाउन सरकार लागिपरेको बताएका छन् ।
धनकुटा, पाँचथर र इलामको बाढीपहिरा प्रभावित क्षेत्रको मंगलवार अवलोकनपछि उनले थप राहत प्रदान गर्नका लागि अनुगमन भइरहेको जानकारी दिए ।
प्रधानमन्त्रीको कार्यभार समेत सम्हालेका गृहमन्त्री खाँणले बाढीपहिरोबाट मृत्यु भएका प्रतिपरिवारलाई २ लाख रुपैयाँ, सोही घरका अन्य व्यक्तिको ज्यान गएको भए प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत प्रदान गरिने निर्णय सरकारले गरिसकेको उल्लेख गर्दै यसमा के कति राहत थप गर्न सकिन्छ, त्यसका लागि प्रयास भइरहेको बताए ।
...
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने जातीय विभेद अन्त्य गर्नुपर्ने बताएका छन्।दुईदिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृह मन्त्रालय पुगेका प्रतिनिधिसँग उनले यस्तो बताएका हुन्। दलित समुदायका नेता तथा जनप्रतिनिधिलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातीय विभेद गर्न नपाइने प्रावधान पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए।कात्तिक ७ र ८ गते काठमाडौंमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुईदिने सम्मेलन भएको थियो।आगामी पुस्ताले जातीय व
गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको मालघाटबाट दार्चुला सदरमुकाम खलंगासम्म पुग्ने बाटो निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री खाणले दार्चुलाका मानिसहरु भारतको धार्चुला हुदै सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको भन्दै उनले दार्चुलाको मालघाटबाट खलंगासम्म बाटो पुर्याउन प्रतिवद्ध रहेको बताएका हुन् । ‘मालघाटबाट खलंगासम्म बाटो पुरयाउन सरकार प्रतिबद्ध रहेको जानकारी गराउछु’, मन्त्री खाणको भनाइ छ । उनले महाकाली नदी तर्ने क्रममा