काठमाडौं : न्युजिल्याण्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार साँझ काठमाडौं नागर्जुन नगरपालिका ९ स्युचाटारबाट स्थानीय ४५ वर्षीय विकास भट्टराई खत्रीलाई पक्राउ गरेको हो। उनले न्युजिल्याण्डमा 'वर्किङ भिजा'मा प्रतिव्यक्ति १५ लाख लाग्ने र पुगेपछि कृषि फर्ममा लगाइदिने भनी दुई युवकलाई ठगी गरेको प्रहरीले जनाएको छ। मासिक तलब दुई लाख ५० हजार हुने प्रलोभन देखाई नवलपुर कावासोती नगरपालिका ८