कुस्ती खेलाडीलाई गाेली हानी हत्या गर्ने १० वर्षपछि पक्राउ

काठमाडौं : रौतहटको गौर नगरपालिका–८ का कुस्ती खेलाडी उपेन्द्र दास बैरागी (यादव) को गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई १० वर्ष पछि पक्राउ गरेको छ।यादवको हत्या गरेको आरोपमा देवाहीगोनाही नगरपालिका–७ का सोनफी हजरालाई प्रहरीले पक्राउ गरेको हो। २०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडकमा राति लोडसेडिङको मौका छोपेर यादवमाथि गोली प्रहार भएको थियो।गोली लागेर घाइते भएका उनको गौर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। यादवकी श्रीमती रामकुमारी देवीले हजराविरुद्ध कर्तव्य ज्यान म