काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गए रातिदेखि अहिले सम्ममा तनहु,पर्वत,गुल्मी,स्याङजा,कास्की,मुस्ताङ लगायत जिल्लाका संक्रमितको मृत्यु भएको छ।कास्की जिल्ला,पोखरा महानगरपालिका वडा-१४ का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ। ग्यालेक्सी अस्पताल,पोखरामा उपचारको क्रममा उनको मृत्यु भएको हो।सोही महानगरपालिका-१३ का ४६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचार हुँदै गर्दा मंगलबार मृत्यु भएको गण्डकी प्रदेश कोरोना नि