भक्तपुर। सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट वडा नं ७ गुण्डु जाने सडकको कालोपत्रसहित विस्तार कार्यको शिलान्यास भएको छ ।
प्रतिनिधिसभाका सांसद, नेकपाका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले आज उक्त सडकको शिलान्यास गरेका हुन् । ...
मोरङ – कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ग्रामीण भेगदेखि सहरसम्म सहज आवतजावतका लागि सडक यातायात महत्वपूर्ण रहेको बताएका छन्। मोरङको उत्तरी भेगमा पर्ने लेटाङ ६ नं बुधबारे सडकखण्डको शुक्रबार शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले सडकको पहुँचबाट जनजीविकामा समेत प्रत्यक्ष सहजीकरण हुने बताए। मोरङको विकट भनिएको उत्तरी क्षेत्रबाट कृषि उपजदेखि अन्य सहजताका लागि सडक सञ्जाल अति आवश्यक […]
नेपालगन्ज–गुलरिया चार लेन हुलाकी सडक स्तरोन्नति प्रक्रिया अगाडि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । कुल ३५ किलोमिटर लम्बाइ रहेको उक्त सडक स्तरोन्नति गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार शिलान्यास गरेका हुन् । सडक शिलान्यास कार्यक्रममा मन्त्री राईले […]
लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ । मध्यनेपाल–१, जिताबेसीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश भौतिक योजनामन्त्री कुमार खड्काले सडक शिलान्यास गरेका हुन् ।सडक शिलान्यासपछि औपचारिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले विकास र समृद्धिका लागि गण्डकी प्रदेश सरकार जनताको आधारभूत आवश्यकता पूरा गर्न लागिपरेको बताए । यसअघिको सरकारले केही सडकमा बजेट स्रोत […]
सल्यानको त्रिवेणी लुहाम–कालिमाटी रामपुर सडक शिलान्यास भएको २८ वर्षपछि सञ्चालनमा आएको छ । २०५० सालमा शिलान्यास गरिएको सडकको विभिन्न खण्डहरूको ट्रयाक ओपन गरिएपछि सञ्चालनमा आएको हो ।
जिल्लाको त्रिवेणी लुहामकाभ्रा हुँदै...
गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी सडकको शिलान्यास गरेका हुन्। जुम्ला खलंगाबाट दानसाँघु,गज्र्याङकोट हुँदै डोल्पा जाने सडक अहिले चलिरहेको छ। त्यो सडकमा अहिले साना सवारी चलिरहेका छन्।...
धनकुटाको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडक धनकुटाको प्रदेश नं.१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज शिलान्यास गरेका छन् । प्रदेश सरकारको लगानीमा कालोपत्रे हुन लागेको उक्त सडकको मुख्यमन्त्री आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन्...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । […]
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विभिन्न १६५ वटा सडक शिलान्यास गर्ने भएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत एकैसाथ १ सय ६५ वटा सडकको शिलान्यास गर्न लागेका हुन् । संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो ।
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको आज शिलन्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले शिलान्यास गरेका हुन् । मन्त्री चौधरीले सडक शिलन्यास गर्दे तिलोत्तमा नगरपालिकाद्धारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाई ६ दशमलव ८ किलोमिटर रहने बताए ।नदीजन्य पैदावार ओसारपसार